पोखरा, मंसिर १४ गते । नेकपा एमालेको उपाध्यक्षमा धनश्याम भुषाल, सचिवमा भीम आचार्य पराजित भएका छन् । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।
सचिवमा योगेश भट्टराई- १९६४,पद्मा अर्याल- १८००,गोकर्ण विष्ट-१९७६, छबिलाल विश्वकर्मा-१८००,टंकप्रसाद कार्की-५००,भीम प्रसाद आचार्य-१३००,रघुबीर महासेठ-१५१३,
लेखराज भट्ट-१७०४,टोपबहादुर रायामाझी-१७०० मत प्राप्त गरेका छन् ।
प्रस्तावित सूची अश्वीकार गर्दै पदाधिकारीमा उम्मेदवार दिएका सबै नेता निर्वाचनमा पराजित भएका छन् । महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीप्रति असहमति जनाउँदै यी नेताले आआफ्नो उम्मेदवारी दिएका थिए ।
मत केहीबेरमा आधिकारिकरूपमा सार्वजनिक गरिने निर्वाचन आयोगले तयारी गरेको छ । नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोह सौराहामै हुने भएको छ । महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचित पदाधिकारी र सदस्यको शपथ चितवनमै गर्ने तयारी भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । पहिलो केन्द्रीय कमिटी बैठकसमेत चितवनमै हुने भट्टराईले बताउनुभयो ।