कोभिडले छुटेकाको परीक्षा आजदेखि

काठमाडौँ, मङ्सिर १६ गते । भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले मङ्सिर १६ गते आजदेखि  अर्को परीक्षा सञ्चालन गर्ने भएको छ ।

बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उहाँहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...