पोखरा, मङ्सिर १५ गते । मोडेर्ना कम्पनीले कोरोना भाइरस विरुद्ध उत्पादन गरेको खोप शुक्रबार पहिलो पटक नेपालमा ल्याइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले शुक्रबार कोभिडविरुद्धको मोडेर्ना खोप आउन लागेको जानकरी दिनुभयो ।
उहाँले कोभ्याक्स सुविधा अन्तरगर्त एक लाख ८८ हजार मात्रा खोप आउन लागेको जानकारी दिनुभयो । अमेरिकी कम्पनीले उत्पादन गरेको मोडेर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । मोडेर्ना खोप फाइजर जस्तै १८ वर्ष मुनिका बालबालिकालाई पनि दिन सकिन्छ । तर नेपालमा आउन लागेको खोप कसलाई दिने भन्ने विषयमा केही पनि निर्णय हुन सकेको छैन ।