काठमाडौँ, मङ्सिर १६ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाउने नौ जना फिफा रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन् ।
एन्फाले लिग चलिरहेको समयमा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको भन्दै रेफ्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा बुझाउनेमा फिफा रेफ्री नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री तथा फिफा असिस्टेन्ट रेफ्रीहरु नानीराम थापा, विक्रम चौधरी, किशन यादव, युनाल मल्ल, माधव खत्री र सहदेव श्रेष्ठ हुनुहुन्छ ।