गणेश पहारी÷ पोखरा मंशिर २९ । अन्नपुर्ण आमा समुह पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा पुन रेनु थापा लामिछाने चयन भएकी छन । संस्थाको बुधबार सम्पन्न १३औ अधिबेशन तथा २६औं साधारणसभाले ढकालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।सस्थाको उपाध्यसक्षमा गोमा पगेनी चयन भएकी छन् । यस्तै सचिवमा चन्द्रकला घिमिरे पहारी, कोषाध्यक्षमा ऋषी माया पहारी, ससचिबमा उर्मिला ढकाल चुनिएकी छन् ।
यस्तै सदस्यहरुमा सिता पौडेल, भुमि जिसी, जानुका पौडेल, विष्णु पौडेल, मिठु गिरी, सिता ढकाल, रमा शिबभक्त्ी, तारा रेग्मी, कमला अधिकारी, गौमाता कुवँर, लक्ष्मी गौतम, माया पहारी, गोमा भण्डारी र जमुना भुजेल चयन भएका छन् । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचन अघी भएको संस्थाको अधिबेशनमा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगत बहादुर पहारीले वडा न ६ रहेका आमा समुहरु मध्य अन्नपुर्ण आमा समुह अरु भन्दा पृथक रहेको बताउनु भयो । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला ब्यवस्थापनमा समेत उलेख्य योगदान रहेको प्रस्टाए । बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले पर्यटकी मजदुर देखी सम्पूर्ण वडाबासीहरुलाई कोभिड रोग विरुद्दको बुस्टर डोज खोप उपलब्ध गराउन आफुले जति सक्दो छिटो स्थानिय देखी प्रदेश सरकार सगँ माग गरको जानकारी दिए ।
पोखरा महानगर पालिका वडा न ६का वडा सदस्य राममाया विश्वकर्माले सस्थाले समाजमा रहेको विकृति विसंगति सहित अन्धविकासको बारेका जनचेतना फैलाउन आग्रह गरिन । समाज भइरहेको महिला हिंसाका विरुद्द पनि आवाज उठाउन्नु पर्ने कुरामा जोड दिइन ।
अध्यक्ष रेनु थापा लामिछानेले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सहित घरदैलो गरेको सुनाइन । अगामि दिनहरुमा पनि सदस्यहरुको आर्थिक स्तर सुर्धान वडा कार्यलय सगँ समन्वय गरेर सिप मुलक तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरीन ।
अध्यक्ष रेनु थापा लामिछानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोमा पगेनीले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब चन्द्रकला घिमिरे पहारी सल्लाहकार लोकराज पहारी, सल्लाहाकार बलराम गिरी, जगदम्बा आमा समुहकी अध्यक्ष चन्द्रकला अधिकारी, पूर्व अध्यक्ष शान्ति रेग्मी र रेन्वो चिल्डेन होम्सका संचालक गोमा ढकाल लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।
कार्यक्रममा सचिब चन्द्रकाल घिमिरेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष ऋषी माया पहारी प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो । संस्थालाई सहयोग गरे बापत रेन्वो चिल्डेन होमका संचालक गोमा ढकाललाई सम्मान गरेको थियो ।