बजारबाट ल्याएको खाद्य बस्तुले होमस्टेको प्रबद्र्धन हुन सक्दैनःमन्त्री बराल

पोखरा, मंसिर २९ गते । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले बजारबाट ल्याएको खाद्य बस्तुले मात्रगाउँगाउँमा संचालनमा रहेकाहोमस्टेलाई दिगो रुपमा संचालनगर्न नसकिने बताउनु भएको छ । पोखरा २२ मा रहेको भुम्दी टुनार सामुदायिकहोमस्टेको हालै निर्माण भएको बाटोको बुधबार एक समारोहकाबिचउद्घाटन गर्दै मन्त्री बरालले होमस्टेको प्रबद्र्धन गर्न गाउँगाउँमै खाद्य बस्तुहरु उत्पादनगर्नुपर्ने अन्यथाहोमस्टेलाई दिगो रुपमा संचालनगर्न नसकिने बताउनु भएको हो ।


प्रकृति र संस्कृतिको धनि नेपाल र गण्डकी प्रदेशकागाउँगाँउको आर्थिक विकास र समृद्धिको लागिहोमस्टेले समेत थप सहयोग गर्ने हँुदागाउँको विकासको लागिगाउँकै माटो सुहाउदो उत्पादनमाजोडदिनुपर्ने उहाँको भनाई थियो । गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो पूर्वाधारको रुपमा अघि सारेकोले उक्तअभियानलाई होमस्टेले थप टेवापुग्ने मन्त्री बरालले जनाउनु भयो ।होमस्टेलाई राम्रोसंगै संचालनगर्न सकेको खण्डमा शहर केन्द्रितभएकाहरुलाई पुनःगाउँफर्क अभियानको रुपमागाउँमाफर्काउन सकिने मन्त्री बरालको दाबी छ । पोखराको छोरेपाटन देखि शान्ति स्तुपा, लुकुन्स्वाँरा, भुम्दी, ढावा, उल्लेरी हुदै कुभिण्डेसम्मको सडक स्तरोउन्नतीमा समेत बिषेश ध्यानदिने मन्त्री बरालले बताउनु भयो ।

 

पोखरा २२ का वडा अध्यक्षमित्रलाल बरालले मन्त्री बरालको बिषेश पहलमापोखरा २२ माचालु आर्थिक बर्षमाकरिब साँढे दुई करोड बजेट विनियोजन भएको बताउनु भयो । होमस्टे दिगो रुपमा संचालनगर्न अनुदानले मात्रनहुने उहाँले बताउनु भयो । प्रकृति, संस्कृति र फलफुल तरकारीको खानीको रुपमाभुम्दीभुम्दी रहेको अध्यक्ष बरालको भनाई छ । सहकारीकर्मी एवं माओबादी केन्द्र पोखरा २२ काअध्यक्षनवराज बरालले पुम्दीको सागतथाकाक्रोले छुट्टै पहिचानबनाएको दाबीगर्नु भयो । कृषिबाट पुम्दीभुम्दीको पर्यटन विकास गर्न सकिने उहाँले बताउनु भयो ।

 

कालाभाङ सामुदायिकहोम स्टेकाअध्यक्षप्रकाशचन्द्र गुरुङले कोभिड १९ ले होमस्टेलाई खासै प्रभावनभएको दाबीगर्नु भयो । होमस्टे होटल जस्तो नभई आफ्नै घरमाआउने पाहुनाको रुपमाउनीहरुलाई स्वागतगरिने भएकोले यसमाकोरोनाले खासै प्रभावनभएको उहाँको भनाई थियो । भुम्दी टुनार आमा समुहकाअध्यक्ष राधा गुरुङले मन्त्री बरालको आगमनले गाउँको मुहार फेरीने विश्वास व्यक्तगर्नु भयो । सडक स्तरोउन्नती, कृषि प्रबद्र्धन लगायतकापूर्वाधार निर्माण गर्नूपर्ने उहाँले मागगर्नु भयो ।

 

कप्तानदीलकाजी गुरुङले पुम्दीभुम्दीको विकट क्षेत्र भएकोले पुम्दीका केहीव्यक्तिहरु विस्थापितभएकोले बाँकी रहेकालाई गाउँमै बस्ने वातावरण सृजनागर्न आवश्यकपूर्वाधार निर्माण गर्नुपर्ने गुनासो गर्नु भयो । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १० लाख र संघिय सांसद एवं पूर्व युवातथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माको संसद विकास कोषबाट ५ लाख, स्थानियको समेत सहभागितामानिर्माण भएको ढलान तथा सिढी बाटो हालै निर्माण भएको हो । होमस्टेकाअध्यक्षनानीमाया गुरुङको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममाउपाध्यक्षधनमाया गुरुङ, सचिबशान्ति गुरुङ लगायतले वोल्नु भएको थियो । ११ घरमा रहेको उक्तहोमस्टेमा एकै रातमा एक सय जनापर्यटकहरुलाई व्यबस्थापनगर्न सकिने भएको अध्यक्ष गुरुङले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...