तनहुँ र नवलपरासीमा स्कुटर दुर्घटना, पछाडी बसेका दुई जनाको मृत्यु

पोखरा, पुस ३ गते ।स्कुटर सडकमा पल्टीदा स्कुटरको पछाडी सवार दुई जनाको मृत्यु भएको छ। नवलपरासी र तनहुँमा स्कुटर पल्टेर पछाडी बसेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

नवलपरासी पूर्व गैडाकोट नगरपालिका १० पितौजि स्थित पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको ग १५ प ४९७१ नं को स्कुटरले सोही दिशा बाट जादै गरेको ना ४ ख ६४४७ नं को ट्रकलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा स्कुटरको पछाडी सवार नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ४ बेलटारी बस्ने वर्ष ३९ की गंगा जोशीको उपचारका क्रममा मृत्यु भएको हो । घाईते उपचारको लागी भरतपुर तर्फ पठाएकोमा उपचारको क्रममा मृत्यू भएको र स्कुटर चालक शोभा जोशी सकुसल रहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका ७ सेराटार स्थित पृथ्वीराजमार्गमा अकलाबाट खैरेनिटार तर्फ जादैँ गरेको ग १० प ८८५४ नं को स्कुटरको पछाडीको टायर पन्नचड हुन गई रोडमा पल्टेको थियो । स्कुटरमा पछाडी सवार तनहुँ शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडा बस्ने वर्ष २७ की निसा थापा घाईते भएको र उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याएको थियो । उपचारको क्रममा मृत्यु भएको प्रह्रीले जनाएको छ । स्कुटर चालक पोखरा महानगरपालिका २९ आदर्श चोक बस्ने बर्ष ४० को राम बहादुर नेपाली बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...