पोखरा, पुस ३ गते । नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले पार्टी फुटको प्रभावलाई सुन्य पार्ने गरी योजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । नेकपा एमाले कास्कीले जिल्ला कमिटिमा मनोनित गरेको सदस्यहरुको सपथ ग्रहण तथा बैठकलाई सम्वोधन गदै उहाँले अव हुदै तीनै तहको निर्वाचनमा फुटको प्रभाव नदेखिने गरी पार्टी प्रवेशको योजना बनाएर जानुपर्छ भन्नुभयो । उहाँले समाजमा स्वतन्त्र रुपमा समाजिक क्षेत्रमा क्रियाशिल र अन्य पार्टीका ब्यक्तिहरुलाई समेत पार्टी प्रवेश गराउनुपर्छ उहाँले भन्नुभयो,‘पार्टी फुटको प्रभावलाई सुन्य पार्ने गरी योजना बनाएर जानुपर्छ ।’
इन्चार्ज अर्यालले महाधिवेशनले पार्टीलाई सुदुढ र एकताबद्ध गर्ने काम गरेको बताउदै अव जिल्लाबाट पनि एकताको सन्देश दिने गरी काम गर्न निर्देशन दिनुभयो । पूर्वमन्त्री अर्यालले जनादेशलाई परमादेशबाट विस्थापित गरेका कारण एमालेको भुमिका फेरिएको बताउदै अव हुने तीनै तहको निर्वाचनमा बहुमत ल्याउने तयारीका साथ केपी ओली नेतृत्वको संघीय, प्रदेश र स्थानीय सरकारहरुले गरेका कामको स्वेयतपत्र बनाएर प्रचार गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले एमालेप्रति जनताको भरोस डगमागाएको छैन भन्दै जनताको वीचमा एमालेले बनाएको विश्वासलाई जोगाउने गरी काम गर्न नेता कार्यकतालाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी ठूलो अपराध भएको बताउदै दशौ महाधिवेशनबाट प्यानलविहित ढंगबाट आएको बताउदै पार्टी विरोधी गतिविधि गर्न नहुने बताउनुभयो । उहाँले सबै चुनावमा एमालेले जित्नुपर्ने बताउदै कामबाट जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य जगत विश्वकर्मा, मना केसी, केन्द्रीय सदस्य भीम कार्की, कृष्ण थापा, मिना गुरुङ, विद्याय भटराई, राजिव पहारी, सिता गिरी, अनुशासन आयोगका सचिव भरत पहारी लगायतले एमालेलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा विजयी गराउन जनताको घरदैलोमा पुग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला कमिटिमा मनोनित सदस्यहरुलाई एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले सपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रम एमाले कास्कीका कार्यबाहक अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव दामोदर बैरागीले गर्नुभएको थियो ।