पोखरा, पुस ३ गते । युवा संघ पोखरा महानगरपालिका वडा नम्वर १९ को प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नवराज के.सीको अध्यक्षतामा ४७ सदस्यीय कमिटि गठन गरेको छ ।
अधिवेशनको उद्घाटन युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले गर्नुभयो । उहाँले युवाहरुले एमालेको पक्षमा ब्यापक जनमत सृजना गदै अव हुने तीनै तहको निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली युवा आन्दोलनको मुल प्रवाह युवा संघ रहेको बताउदै युवाहरुको पक्षमा सधै आवाज बुलन्द बनाएर अगाडी बढने बताउनुभयो । कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्यद्धय शोभामोहन पौडेल, दिपक पौडेल, युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरुंग, नेकपा एमाले पोखरा १९ का अध्यक्ष विष्णुप्रसाद गौतम, युवा संघका केन्द्रीय सदस्य पानबहादुर जिसी, उमराज बास्तोला, विकास गौतम, लक्ष्मी अधिकारी, एमाले नेता नविन भण्डारी लगायतले युवा संघका बारेमा चर्चा गदै एमालेको मेरुदण्डको रुपमा युवा संघ रहेको बताउनुभयो ।
अधिवेशन उद्घाट कार्यक्रम युवा संघ १९ का अध्यक्ष नवराज के.सीको अध्यक्षतामा भएको थियो भने स्वागत अर्जुन ढुंगानाले र सञ्चालन सचिव विनोद भुजेलले गर्नुभएको थियो ।