थकाली युवाको प्रथम राष्ट्रिय भेला पोखरामा हुने

पोखरा, पुस ४ गते । थकाली युवा परिवार नेपाल केन्द्रको प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (ई.पि.एस.) पोखरामा हुने भएको छ । ञधर्म संस्कृति हाम्रो परम्परा, संरक्षण संवर्द्धन युवाहरूको अभिभाराझभन्ने मुल नाराका साथ यही पुष ७ देखि पुष ११ गतेसम्म पोखराको डेमसाइड स्थित होटल ड्रागनमा प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (ई.पि.एस.) हुने भएको पोखरामा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

उक्त ५ दिने भेला एवं(ई.पि.एस.) कार्यक्रममा देशका १९ वटा क्षेत्रका करीब ६० जनाको सहभागिता रहने भएको थकाली युवा परिवार नेपाल केन्द्रका अध्यक्ष योगेन्द्र शेरचनले बताउनुभयो ।यस भेलाले थकाली समुदायका बीचमा एकआपसमा सम्पर्क, समन्वय एवं भाईचारा वृद्धि गराउनका साथै युवाहरूको आत्मबल वृद्धि एवं नेतृत्व र व्यक्तित्व विकासमा कार्यक्रम फलदायी हुने उहाँको भनाइ थियो ।

थकाली युवाहरूलाई आफ्नो धर्म, संस्कार, भेषभुषा,भाषा र परम्परा जगेर्ना गर्न तर्फ उत्प्रेरित गराउने उद्देश्यले “थकाली युवा अवसर, चुनौती र सम्भावना“ बिषयक बिषयगत बहसको समेत आयोजना गरिएको शेरचनले जनाउनुभयो । थकालीको मुल थलो थासाङबाट अन्यत्र बसाइँसराइ गरि देशका विभिन्न १९ क्षेत्रमा र विदेशमा ३ क्षेत्रमा थकाली सेवा समिति थकाली समुदायको संगठित संस्थाको रूपमा गठन भएको केन्द्रका सचिव विक्कल शेरचनले जानकारी दिनुभयो ।

पोखरा थकाली समुदायको सुरूवाती बसाइँ सरेको स्थान भएको र हाल मुस्ताङको मौसम समेत प्रतिकुल रहेका कारण त्यहाँ भेला आयोजना गर्न सम्भव नरहेकाले प्रथम भेला पोखरामा नै आयोजना गरिएको उहाँको भनाइ थियो ।समय परिस्थितिको कारण प्रथम थकाली युवा राष्ट्रिय भेलालाई ऐतिहासिक बनाउन स्वतस्फूर्त आर्थिक संकलन गरिएको भन्दै आगामी भेलामा भने सम्बन्धित निकायसँग सल्लाह, समन्वय गरेर कार्यक्रम तय गरिने केन्द्रका कोषाध्यक्ष सञ्जिव तुलाचनले बताउनुभयो ।सो भेलाको प्रमुख अतिथिमा माननीय लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन आउने कार्यक्रम तय गरीएको अध्यक्ष योगेन्द्र शेरचन बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...