हात्तीले थप सातवटा घर भत्कायो

सिन्धुलीमाढी, पुस ८ गते । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ कालापानीमा मङ्गलबार राति जङ्गली हात्तीले थप सातवटा घर भत्काएको छ । योसहित दुधौली नगरपालिकाको वडा नं. ११ र ३ मा गरी तीनवटा हात्तीको समूहले ३५ वटा घरमा क्षति पु-याएको छ । जङ्गली हात्तीको समूहले वडा नं. ३ को कालापानीमा सातवटा घर र भकारी भत्काई करिब ३० मुरी धान खाएर र छरेर क्षति पु-याएको उक्त वडाका वडाध्यक्ष साने धामीले जानकारी दिनुभयो ।


उहाँले गत बिहीबार राति वडा नं. ११ मा छिरेको हात्तीको समूहले पत्रिङ्गा, डुडेगैरीलगायतका बस्तीमा २८ वटा घर भत्काएर मङ्गलबार राति वडा नं. ३ को कालापानी छिरेर उपद्रो मच्चाउन सुरु गरेको जानकारी दिनुभयो । वडाध्यक्ष धामीका अनुसार कालापानीमा दीपलाल धामी, प्रेमलाल कुमर, रितलाल कुमर, रती धामी, दोर्जे मुक्तान, तेजनाथ अधिकारी र बालकुमारी धामीको घर र धानको भकारी भत्काई क्षति पु-याएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...