पोखरा, पुस ८ गते ।कास्कीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको हो ।
बुधबार राती सडकछेउमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको स्कुटर ठोक्किएको हो । दुर्घटनामा स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।