जन्ती बोकेको गाडी दुर्घटना, ६ जनाको मृत्यु

रौतहट, पुस १३ गते । रौतहटमा जन्ती गाडी दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । विवाहका जन्तीलिएर घर फर्किदै गरेको  गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा मृत्यु हुनेमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाद, २५ वर्षीय सेख छोटु, ५५ वर्षीय डा।मसिफिर, १५ वर्षीय सेख अतिउल्लाह रहेका छन् भने अन्दाजी ४५ वर्षीय एक जनाको भने पहिचान नखुलेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो गाडी दुर्घटना भएको हो ।

 

विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका( १ स्थित जयनगरमा स्करपियो दुर्घटना भएको हो । तीव्र गतिको स्करपियो अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते तीन जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...