पोखरा, पुस १६ गते ।पोखरा प्राकृतिक रुपमा सुन्दर र मनमोहक छ । प्राकृतिक सुन्दरताले सबैलाई मोहित बनाउछ । यहाँ आएर प्राकृतिक सुन्दरको रसपान गर्ने रहर आन्तरीक तथा बाह्य पर्यटकको हुन्छ ।
यहाँबाट देखिन हिमश्रृखला, ताल र हरिया डाँडाकाडाँले सबैलाई आकर्षित गर्छ । विश्वका उत्कृष्ट देशभित्र पोखरा पर्छ । यति बेला अग्रेँजी नयाँ वर्षको स्वागतमा सेताम्मे हिमालहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरेका छन् ।
नयाँ वर्षको स्वागतमै २३ औँ सडक महोत्सव पनि सुरु भएको छ । पोखरा आन्तरीक पर्यटकले भरिभराउ भएको छ ।