नेकपा एमालेले दशौँ जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनोट गर्दैछ । गण्डकी प्रदेशका ११ जिल्लामा प्रतिनिधि छनोट गदै छ । एमाले कास्कीले पनि आज प्रतिनिधि छनोटको तयारी गरेको छ । ।
कास्कीका पाँच पालिका, ७२ वटै वडा र २० वटा जनवर्गिय संगठन, बृद्धिजीवि इलाका, विद्यार्थी इलाका, मजदुर लगायत विशेष क्षेत्रबाट आज प्रतिनिधि छनोट हुदैछन् । एमालेको जिल्ला अििधवेशन पुस २३ गतेबाट सुरु हुदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
नेतृत्व चयन सर्वसम्मत गर्ने तयारी भैरहेको छ । वडा, पालिका र केन्द्रमा सर्वसम्मत नेृत्व चयन गरेको एमालेले जिल्ल्ला अधिवेशनमा निर्वाचन गर्ने पक्षमा देखिएको छैन् । सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु भैसकेको छ ।