पोखरा, पुस २० गते ।पोखरा महानगरपालिकामा आजदेखि १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउन सुरु भएको छ । यहि पुस २० र २१ गते पोखराका १२ खोप केन्द्रबाट खोप लगाइने लगाउनु सुरु गरिएको हो । महाशाखाले सार्वजनीक सुचना प्रकाशित गदै खोपक केन्द्र सार्वजनीक गरेको छ ।
कोरोना विरुद्ध कुनैपनि खोप नलगाएका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई पहिलो पटक खोप लगाउन सुरु गरिएको हो । आज र भोली पोखरा महानगरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाइने महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
खोप लगाउन पोखराको अमरसिंह माथि, पोखरा नदीपुरको कन्या मावि,हेमजाको गौरीशंक माथि, छोरेपाटन माथि, तालबाराही मावि,पोखराको प्रर्दशनी केन्द्र,मालेपाटनको बाराही मावि, पोखरा २० को भलाम स्वास्थ्य चौकी, पोखरा १६ को विन्ध्यबासिनी मावि,पोखरा १ बगरको सहरी स्वास्थ्य केन्द्र, लेखनाथको सहरी स्वास्थ्य केन्द्र भण्डारढिक र शिशुवामा रहेको कोभिड अस्पतालमा खोप लगाइने छ ।