पोखराबाट लागुऔषध सहित तीन जना पक्राउ

पोखरा, पुस २२ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न ठाँउबाट अवैध लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं २५हेम्जा स्थित मकवानपुर हेटौडा बस्ने वर्ष १९ को आशिष,पोखरा वडा न १३काउँखोला बस्ने बर्ष २५ को अनिष खत्री र बाग्लुङ बलेवा नगरपालिका ८ बस्ने १७ वर्षे बालक रहेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले अर्यालको साथबाट लागू औषध ईजापाम(६५एम्पुल, फेनारगन(६८एम्पुल र नर्फिन(७३एम्पुल गरी २०६एम्पुल सहित पक्राउ गरेको हो । बालकको साथबाट लागू औषध डाईजापाम ३२ एम्पुल, फेनारगन ३२ एम्पुल र नर्फिन ३२ एम्पुल गरि जम्मा ९६ एम्पुल सहित पक्राउ गरीएको हो
जम्मा लागू औषध बरामद डाईजापाम(११२ एम्पुल, फेनारगन(११५ एम्पुल र नर्फिन(१२० एम्पुल गरि जम्मा ३४७ एम्पुल बरामद भएको कास्की प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीनै जनालाई जिल्ला अदातलबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको कास्की प्रहरलिे जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...