कोरोना महामारी फैलदै गएपछि सिनेमा हल र जिम बन्द

काठमाडौं, माघ २ गते । कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म सिनेमा हल र जिम बन्न हुने बताउनुभएको हो।

कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको हो । त्यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोत बाँडफाड गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता कार्कीका अनुसार विभिन्न विद्युत आयोजनाको क्षतिपूर्ति निर्धाणका निम्ति समिति गठन गर्ने निर्णयसमेत सरकारले गरेको छ ।

 

प्रवक्ता कार्कीका अनुसार नेपाल सरकार प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाड गर्ने, मेवा चाँगे र केराबारी न्यु मस्र्यादी १३२ केबी प्रशारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने, बुढीगंगा जलविद्युत आयोजनाको जग्गा प्राप्ति गर्न प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने, पाल्पा २२० केबी सवस्टेशन आयोजनाका लागि प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, खोग्ले बेसी गोरखा, ३३ केबी प्रशारण लाइन तथा सव स्टेनशनका लागि अधिकारी तोक्नेलगायत निर्णय गरेको छ ।
त्य

बडफ्लू नियन्त्रण नियमाली, २०७८ स्वीकृत गर्ने, चोभार सुख्खा बन्दरगाह्रको भन्सार कार्यालयको दरबन्दी स्वीकृत गर्ने, राष्ट्रिय पशु प्रजनन् नीति, २०७८ स्वीकृत गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन दोस्रो संसोधन निर्देशिका, २०७८ स्वीकृत गर्ने र नयाँ भेरियन्ट कोभिड महामारकिो तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी ओदश, २०७९ जारी निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...