स्थानिय तहको निर्वाचन समयमै गर्ने सत्ता गठबन्धनका दलहरुवीच सहमती

काठमाडौं, माघ ४ गते । स्थानीय तहको निर्वाचन हुने नहुने आशंका भैरहेका छन् । स्थनीय तहको निर्वाचन जेठ अगाबै हुुनुपर्ने व्यवस्था छ । तर गठबन्धन सरकारले निर्वाचन गर्नेमा आशंका ब्यक्त भैरहेका बेला आज बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले निर्धारित मितिमै निर्वाचन गर्ने सहमती कायम गरेका छन् । सरकार सञ्चालनका लागि गठित पाँच दलीय समन्वय समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन संविधानमा व्यवस्था भएबमोजिम वैशाखमा नै सम्पन्न हुनुपर्नेमा सहमति जुटेको हो ।

बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उच्चस्तरीय समन्वय समितिका संयोजक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको उक्त बैेठकमा दलहरुबीच सो सहमति जुटेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको जीत कसरी सुनिश्चित गराउने भन्नेबारे छलफल भएको उहाँ बताउनुहुन्छ ।

 

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोग लगायत सरोकारवाला निकायसँग थप परामर्श भइरहेको समेत कार्कीले जानकारी दिनुभएको छ ।यसबाहेक अन्य विषयमा छलफल एवम् निर्णयका लागि माघ ६ गते गठबन्धनको बैठक पुन बस्ने जनाइएको छ ।कोभिडका कारण माधव नेपाल, उपेन्द्र यादवलगायतका शीर्ष नेता समेत अनुपस्थित भएकाले मितिबारे अर्को बैठक राखेर छलफल गरेपछि मन्त्रिपरिषदबाट निर्णय हुने बताइएको छ । ‘पहिले आफ्ना दलमा आन्तरिक छलफल गरेर एकपटक पुनः शीर्ष तहमा बसेर मितिबारे टुंगो लगाउने सहमति भएको छ,’ उहाँले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...