पोखरा, माघ ४ गते । कास्की प्रहरीले पोखराबाट अवैध सुन सहित दुई जनाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका वडा नं.७ बस्ने वर्ष २० को अम्मर विश्वकर्मा र म्याग्दी अन्नपूर्ण गाँउपालिका वडा नं २ घर भएका वर्ष २९ का अंकित सुनार रहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की जिल्लामा अवैध रूपमा सुनकोओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार अम्मर विश्वकर्माको साथबाटअबैध सुनको सिक्री३ थान तौल गर्दा २० तोला ४३ लाल ८ प्वाईन्ट (२३८.४४ ग्राम) सुन फेला पारेको हो ।
त्यस्तै सोही स्थानमा काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको माईक्रोबसमा सवार अंकित सुनारको साथबाट अवैध सुनका गरगहना(सिक्री ५ थान, औँठी १ थान र रिङ १ जोर) तत्काल तौल गर्दा २१ तोला ९० लाल ३ प्वाईन्ट (२५५.४७ ग्राम) सुन सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई अप अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनललितपुर पठाइएको छ । प्रहरीले अवैध सुन ४९३.९१ ग्राम बरामद गरेको छ । हाल बरामुल्य ३८,९७,५४२ रहेको छ ।