११ हजार ३५२ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । कोरोनाभाइरस महामारी सुरु भएयता बुधबार मुलुकमा अहिलेसम्मकै उच्च ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकको संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ ।

कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाए । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।६१३ जना निको भएका छन् ।

 

बुधबार काठमाडौं उपत्यकामा ६३४३ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १०१९, काठमाडौंमा ४६६६ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...