पोखरा, माघ ८ गते ।नेकपा एमालेका सचिव योगेश भटराईले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्टका नाममा गरेको सम्वोधन सुन्दा सरकार कोमामा पुगेको आभाष भएको बताउनुभएको छ । शनिबार विहान सामािजक सञ्जाललमा लेख्दै प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो ।उहाँले प्रधानमन्त्रीको सम्वोधन लाजको पसारो र सरकार असफल भएको स्वयमको घोषण भएको दावी समेत गर्नुभएको छ ।
उहाँले प्राण र उत्साहा नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रोलहरले पुरै नागरिकलाई लपेटी रहेको र अबको केहि हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भईरहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई जोगाउनु, त्यसको असरका बिच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वत्तव्य पुरै निराशाजनक रहेको आरोप लगाउनु भएको छ ।
सरकारबाट आश गरेर होईन आफ्नै सक्रियता र पहलवाट आफ्नो ज्यानको रक्षा गर्नु बाहेक नागरिकसंग अर्को उपाय रहेन् उहाँले भन्नुएको छ । सचिव भटराईले माघ ७ गतेवाट सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय भनि आदेश जारी गर्ने सरकारले अहिले पनि ६० प्रतिशल नागरिकलाई खोप दिन नसकेको बताउनुभएको छ ।
खोप–खोप र खोप भन्दै सत्तारोहण भएका प्रधानमन्त्रीले पुस सम्म दुई तिहाइलाई र चैत्र सम्ममा सबैलाई खोप दिन उहाँकै पूर्व घोषणा हावाखान पुगेको छ भन्दै वक्तव्यमा त्यसको विश्वाशिलो आधार केही देखिदैन। बुस्टर डोज त झन कहिले सबैले पाउने हुन् अत्तोपत्तो छैन् भन्नुभएको छ ।