गण्डकीमा शनिबार थपिए ४२८ जना संक्रमित, एक जनाको मृत्यु

पोखरा, माघ ८ गते ।पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४ सय २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबार गण्डकीमा ८०७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकीको कास्की पछिल्लो केही सातादेखि कास्कीका हट स्पटका रुपमा देखिएको छ । शनिबार पनि सबैभन्दा धेरै १६१ जना कास्कीमा संक्रमित थपिएका छन् । त्यस्तै स्यांजामा ९६ जना, तनहुँमा ६७ जना, नवलपरासी पूर्वमा ३४ जना, पर्वतमा १७ जना, गोरखामा २२ जना र बागलुंमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा शनिबार ११४ जना कोरोना संक्रमण मुक्त भएका छन् । गण्डकीमा ४३५६ जना होमआइसोलेसनमा रहेका छन । यस्तै गण्डकीमा शनिबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा तनहुँ जिल्ला बन्दिपुर गाँउपालिका २ की ९२ वषीय कोरोना संक्रमित महिला रहेको निर्देशनालयले जनाएको छ । संक्रमित महिलाको पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा निधन भएको हो । महिलालाई पुस २३ गते संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...