गण्डकीमा कोरोना ग्राफ उकालो लाग्दै, एक सातामा थपिए ४३ सय संक्रमित

गण्डकीमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । गण्डकीमा एक सातामा ४ हजार बढि संंक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्र्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको एक साताको विवरण अनुसार एक साताको अवधिमा ४ हजार ३ सय ५९ जना संक्रमित फेला परेका छन् । एक सातामा ८ हजार १ सय ३९ जनाको परीक्षण गरिएको थियो ।

एक सातामा गण्डकीमा ५ सय ४४ जना कोरोना संक्रमणमुक्तभएका छन ् । कोरोनाका कारण गण्डकीमा एक सातामा पाँच जनाको मृत्यु भएको छ । गण्डकीमा मंगलबारसम्म संक्रमितको संख्या ९५८९४ रहेको छ भने ८८००७ निको भएका छन् । गण्डकीमा हाल संक्रिय संक्रमितको संख्या ६४५४ रहेको छ ।हालसम्म कोरोनाका कारण १४३३ जनाको मृत्यु भएको छ ।

गण्डकीमा एकैदिन ९३५ संक्रमित थपिए


गण्डकी प्रदेशमा मंगलबार ९३५ नयाँ संक्रमित थपिएका छन् भने २०६ जना संक्रमणमुक्त भएका छन् । गण्डकीका ११ जिल्ला मध्य कास्कीमा सवैभन्दा धेरै ३९१ नयाँ संक्रमित थपिएका छन् ।त्यस्तै स्ंयाजामा १९३,तनहुँ ९८,नवलपरासी पूर्व ६०,लमजुंग ५७,बाग्लुंग ५९,गोरखा ३७,म्याग्दी २७ र पर्वतका १३ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...