कास्कीमा थपिए एकैदिन ३९१ संक्रमित

पोखरा, माघ ११ गते ।गण्डकीको राजधानी रहेको जिल्ला कास्कीका कोरोनाको हट स्पट बनेको छ । कास्कीमा दैनिक संक्रमणको दर बढदो छ । कास्कीमा एकै दिनमा पाँच सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । मंगलबार गण्डकी प्रदेशमा मंगलबार ९३५ नयाँ संक्रमित थपिए । थपिएका मध्य सवैभन्दा धेरै ३९१ नयाँ संक्रमित थपिए कास्कीका रहेका छन् । कास्की संक्रमणको जोखिम जिल्लामा रहेको छ ।

कास्कीका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत संक्रमित भए छने भने जिल्ला प्रशासन लगायत केही कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । कोरोना भाइरस संक्रमण तिव रुपमा फैलिएसंगै सेवा प्रवाहमा समेत समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारबाटै अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

 

त्यस्तै स्ंयाजामा १९३,तनहुँ ९८,नवलपरासी पूर्व ६०,लमजुंग ५७,बाग्लुंग ५९,गोरखा ३७,म्याग्दी २७ र पर्वतका १३ जना संक्रमित थपिएका छन् ।गण्डकीमा मंगलबारसम्म संक्रमितको संख्या ९५८९४ रहेको छ भने ८८००७ निको भएका छन् । गण्डकीमा हाल संक्रिय संक्रमितको संख्या ६४५४ रहेको छ ।हालसम्म कोरोनाका कारण १४३३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...