अटो भिलेज निर्माणका लागि जग्गा खोजी गदै पोखरा महानगरपालिका 

पोखरा, माघ १५ गते । पोखरा महानगरपालिकाले अटो भिलेज निर्माणका लागि जग्गा खोजी गर्न समिति गठन गेको छ । माघ १० र ११ गते सम्पन्न महानगरको ५३ औँ कार्यपालिका बैठकले जग्गा खोजी गर्न समिति गठन गरेको हो ।

पोखराभित्र रहेका अटो वर्कशपहरुलाई व्यवस्थित गर्न अटोभिलेज स्थापना गर्न लागिएको हो । अटो वर्कशपहरुलाई व्यवस्थित गर्न अटोभिलेजका लागि आवश्यक उपयूक्त जग्गा खोजि तथा पहिचान गर्न महानगरले समिति गठन गरेको महानगरका प्रवत्ता धनबहादुर नेपालीले जानकारी दिनुभयो । वडा नम्वर ५ का अध्यक्ष एवं महानगरका प्रवत्ता धनबहादुर नेपालीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेल, पोखरा ४ का अध्यक्ष शंकर प्रसाद बास्तोला, अटो व्यवसायीका प्रतिनिधि सनतकुमार भट्टराई, व्यवसायी सन्तोषकुमार मिश्र, महानगरका मेकानिकल ई.सुलभ तिसिमल्सीना सदस्य रहनुभएको छ ।

 

समितिले पोखरा महानगरको मुख्य  बजारक्षेत्र भन्दा बाहिर भिलेजका लागी जग्गाको खोजी गर्ने छ । जग्गाको एकिन गरेपछि समितिले अव बस्ने कार्यपालिका बैठकमा प्रतिवेदन बुझाउने छ । मुख्य बजार क्षेत्रमा वक्सर्पहरु सञ्चालन हुदाँ समस्या भएको र व्यवसायीले पनि अटो भिजेलको माग गदै आएकाले महानगरले प्राथमिकता दिएर जग्गा खोजी गर्न समिति गठन गरेको प्रत्तवा नेपालीको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...