पोखरा, माघ १५ गते । स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र हुने भएको छ । सत्ता गठबन्धन दलहरुको आज बसेको बैठकले जेठभित्रै निर्वाचन गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचन हुने नहुने आशंकावीच आज सत्ता गठबन्धन वीच निर्वाचन गर्ने बारे सहमती भएको हो ।
सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेपछि निर्वाचन हुने लगभग पक्का भएको छ बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने जानकारी दिए ।