पोखरा, माघ १६ गते। कास्कीमा स्मार्ट लकडाउन माघ महिनाभरिका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार आदेश जारी गदै अर्को सुचना जारी नहुदाँ सम्म स्मार्ट लकडाउन कायम रहने जनाएको छ । गण्डकीका ११ जिल्ला मध्य कास्की कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले प्रशासनले स्मार्ट लकडाउनलाई निरन्तरता दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लामा कोरोना संक्रमणदर ५० प्रतिशत भन्दा माथि रहेको भन्दै नयाँ आदेश जारि गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्वारा जारी विज्ञप्ति अनुसार आजदेखि लागु हुने गरी माघ मसान्तसम्मका लागि नयाँ आदेश जारी गरिएको हो।नयाँ आदेश अनुसार आइतबारदेखि लागु हुने गरी जिल्लामा सिनेमा हल, डान्स बार तथा दोहोरी, हेल्थ क्लब, जिम, स्विमिङ पुल, फ़ुटसल, स्पा तथा ब्युटीपार्लर लगायत मानिसको भीड लाग्ने सबै प्रकारका कार्यक्रम गर्न पाइने छैन।
यस्तै विद्यालय, विश्व विद्यालय, कलेज ट्युसन सेन्टरहरु, तालिम केन्द्रहरुबाट भौतिक उपस्थितिमा कुनैपनि क्रियाकलाप गर्न पाइने छैन। भने, परम्परागत क्रियाकलापहरु २५ जना भन्दा बढीको उपस्थिति नरहने गरी संचालन गर्नुपर्ने आदेशमा उल्लेख छ । त्यस्तै सवै प्रकारका सभा, जुलुुस वा धेरै मानिस जम्मा हुने कार्यक्र गर्न नपाइने,कास्की जिल्लामा रहेका मठ, मन्दिरहरुमा नित्य पुजा, पाठ र ध्यान मात्रै गर्न पाइने, सेवा लिन आउदाँ खोप लगाएको कार्ड अनिवार्य गरिएको आदेशमा उल्लेख गरिएको छ ।