प्रतिनिधिसभा बैठक फेरी स्थगित, अब माघ २६ गते बस्ने

पोखरा, माघ १६ गते ।आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फेरी सरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेसम्मका लागि सारेको हो ।


संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।

महासचिव गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो । यसअघिसमेत बैठक सूचना सार्वजनिक गर्दै सर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...