संक्रमण भएको दुई हप्तापछि मात्रा खोप लगाउन आग्रह

काठमाडौं, माघ १६ गते। सरकारले कोरोना भाइरसबाट संक्रमण भएको दुई हप्तापछि मात्रा कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कोरोना संक्रमित भएको दुई हप्तापछि मात्रा खोप लगाउन आग्रह गर्नुभएको हो।

सरकारले अहिलेसम्म कुल जनसंख्याको ५४.४ प्रतिशतले एक मात्रा र ४६.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै लक्षित जनसंख्याको ८३ प्रतिशतले एक मात्रा र ७०.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

 

सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई बुष्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप लगाउन अग्रह गरेको छ।

सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई चैत मसान्तसम्म खोप दिने लक्ष्य लिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...