नेकपा एमाले कास्की क्षेत्रगत बैठकमा ब्यस्त बनेको छ । हालैसम्पन्न दशौँ जिल्ला अधिवेशनबाट निवार्चित जिल्ला कमिटिले नेता तथा कार्यकर्ताहरुवीच परिचय गदै पार्टीका गतिविधिलाई चलाएमान बनाएको छ । पार्टी केन्द्रीय सदस्यहरु, जिल्लाका पदाधिकारी र विभिन्न क्लष्टरबाट जिल्ला कमिटिमा निवार्चित सदस्यहरुसंग छलफल गदै आगामी रणनीति बारे छफल गरेको छ । कास्की क्षेत्र नम्वर १, कास्की क्षेत्र नम्वर २ र क्षेत्र नम्वर ३ बाट निर्वाचित सदस्यहरुसंग छलफल गरिरहेको छ ।
त्यस्तै कास्कीका चार पालिकाबाट निर्वाचित जिल्ला सदस्य र पालिका पदाधिकारीसंग पार्टीलाई एकढिक्का बनाउदै आगामी निर्वाचनमा पहिलो बनाउने उद्देश्य सहित छलफल अगाडी बढाइएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । छलफल अन्र्तगत बिहिबार कास्की क्षेत्र नम्वर २ (क) अन्र्तगत निर्वाचित जिल्ला सदस्यहरुसगको बैठक सम्पन्न भएको छ ।
एक वर्षभित्र सम्पन्न हुने स्थानीय, प्रदेश र सघीय संसदको निर्वाचनमा एमालेलाई विजयी गराउने गरी योजनाबद्ध रुपमा अगाडी बढनुपर्नेमा सुझाव सदस्यहरुले दिएका थिए । बैठकमा एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भिम कार्की, केन्द्रीय सदस्यहरु कृष्ण थापा, राजिव पहारी, मिनाकुमारी गुरुङ, विद्या भटराई, मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्यय बालसिंह काउछा मगर, एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्य लगायतले बोल्नुभएको थियो ।
एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बैनबहादुर क्षेत्रीले सञ्चालन गर्नुभएको थियो । बैठकमा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, उपसचिवद्धय दर्शन लामा र नवराज ओझाको सहभागीता रहेको थियो ।एमाले कास्कीले अधिवेशन सम्पन्न भएलगत्तै कास्कीमा कोरोना संक्रमण बढेपछि जिल्ला कमिटिको पूर्ण बैठक राख्ने अवस्था नभएपछि २५ जना भन्दा बढि नहुने गरी क्षेत्रगत रुपमा बैठक र छलफल गरेको छ । यसैवीच शुक्रबार क्षेत्र नम्वर २ (ख) अन्र्तगत विजयी जिल्ला कमिटि सदस्यहरुसंग छलफल गर्ने छ ।