कास्कीका विभिन्न ठाँउमा हिमपात

पोखरा, माघ २१ गते ।कास्कीका विभिन्न ठाँउमा हिमपात भ्रएको छ । कास्कीका पर्यटकीय क्षेत्रहरु पञ्चासे, दाङ्सिङको थमडाडा, पोखरा १७ कालिलेक डाँडामा हिँउ परेको छ ।

हिउँ परेसंगै स्थानीय पर्यटकहरु हिउ खेल्न पुगेका छन् । पोखरा नजिकैका स्थानमा हिउँ परेको छ । हिउँ परेसंगै चिसो पनि बढेको छ । हिउँ परेका फोटोहरु सामाजिक सञ्जालमा देखिएका छन् ।

बिहिबार रातीदेखि आज विहान सम्म हिउँ परेको थियो ।

तस्विर सामाजिक सञ्जाल ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...