पोखरा, माघ २३ गते ।राष्ट्रिय युवा संघ नेपाल गण्डकी कमिछिद्वारा मुल्य वृद्धिको बिरोध र स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गदै गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय अगाड़ी प्रर्दशन गरेको छ ।
युवा संघले ब्यानरमा मापसे सरकार मुर्दाबाद, स्थानीय तह निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर नारा लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएको हो ।
नेपाली काँग्रेस नेतृत्वको पाँच दलिय गठबन्धन सरकारले हालै पेटोलियम पदार्थमा मुल्य बृद्धि गरेको विरोध र स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गदै मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन गदै कालो ब्यानर र कालो बेलुन समेत उडाएको छ ।
युवा संघ गण्डक्ी प्रदेश अध्यक्ष महेन्द्र, कास्की इन्चार्ज हरि लम्साल, कास्क्रीका अध्यक्ष पानबहादुर जिसी लगायतले मुल्यबृद्धि फिर्ता र निर्वाचनको मिति घोषणाको माग गदै कालो बेलुन उडाउदै एमाले र युवा संघको पक्षमा नाराबाजी गरेका थिए । अचानक मुख्यमन्त्री कार्यालय अगाडी पुगेका युवा संघका नेता कायर््कताहरुले सरकार विरोधी नारा लगाएका थिए ।