भूमिहिन सुकुम्बासी राज्यकै समस्या होः मन्त्री बराल

पोखरा, माघ २४ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भूमि हिन सुकुम्बासी राज्यकै समस्याको रुपमा रहेको बताउनु भएको छ । राष्ट्रिय भूमि आयोग कास्कीको सचिवालय तथा कास्कीका अध्यक्ष गंगा पोखरेललाई सोमबार पोखरामा आयोजित एक समारोहका बिच पदबहाली गराउदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

राज्यको समस्याको रुपमा रहेको भूमि हिन सुकुम्बासीको समस्या अबको केही समय पछि हल हुने मन्त्री बरालले दाबी गर्नु भयो । उहाँले भन्नु भयो“भूमि नभएका नागरिकलाई भूमि उपलब्ध गराउने, भुमि हिनको अन्त्य गरी व्यबस्थित बसोबास गराउने पछिल्लो पटक गठन भएको आयोगको जिम्मा आएको छ अब यसमा सवैको समस्या हल हुने गरी काम गर्नुपर्छ । आयोगलाई सवै क्षेत्रबाट बिषेश हिसावले सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले यसमा कसैले पूर्वाग्रह नराखि राज्यको समस्यालाई समाधान गर्न तर्फ ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । ” यस अघिका आयोगहरुले गरेको उपलब्धिलाई मनन गर्दै हालै गठन भएको आयोगले आफ्नो कामलाई अघि बढाउनु पर्ने उहाँको भनाई थियो ।

 

उहाँले भन्नुभयो “ भूमि हिन सुकुम्बासीको लागि यो अन्तिम अवसर हो, हाम्रो काधमा आएको जिम्मेवारलाई हामीले गम्भिरता पूर्वक बहन गर्न सक्नु पर्छ ।” मालपोत कार्यालय कास्कीका प्रमुख राजेन्द्र प्रसाद पौडेलले ११ औं पटक गठन भएको आयोगले बाँकी रहेको भूमि हिन सुकुम्बासिको समस्या हल गर्ने विश्वास व्यक्त गर्नुभयो । कास्कीमा यसको समस्यामा परेकाहरुलाई आफुहरुले भरपूर्ण रुपमा सहयोग गर्ने उहाँले बताउनु भयो । पदबहार ग्रहण गर्दै भूमि आयोग कस्कीका अध्यक्ष गंगा पोखरेलले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर अघि बढ्ने बताउनु भयो ।

 

कुनै कानून समस्या आएमा सरोकारवालाहरुसंग समन्वय र सल्लाह गरेर मात्र अघि बढ्ने उहाँले बताउनु भयो । कार्यविधि ऐन कानून नबाझिने गरी काम गर्ने क्रममा केही समस्या आएमा भने सरोकारवाला निकायसंग छलफल र राय सल्लाहबाट मात्र अघि बढ्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “आम नेपाली जनताको समस्याको रुपमा रहेकोले त्यसलाई अन्त्य गर्न सवैको साथ र सहयोग आवश्यक छ । ”

आयोगको कास्की जिल्ला अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीका नेता गंगा पोखरेल नियुक्त हुनु भएको हो । हालै बसको मन्त्रिपरिषद् बैठकले कास्की लगायतका जिल्लाहरुमा भूमि आयोगको अध्यक्ष नियुक्तिको निर्णय गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...