उद्घाटन हुदै महानगरका सिंहदरबार, वडा न. ३० को नयाँ कार्यालय

लेखनाथ, माघ २६ गते । संघीयता कार्यान्यनको झण्डै पाँच वर्ष वित्न लागेको छ । २०७४ सालमा स्थानीय तहको निर्वाचनसंगै देश संघीय शासन व्यवस्थामा प्रवेश गरेको थियो । केन्द्रीकृत व्यवस्था सघात्मक प्रणालीमा ल्याएसंगै काठमडौमा रहेको सिहदबार गाँउ गाँउ र टोलटोलमा पुर्याउने नारा दलहरुले लगाएका थिए । दलहरुले निर्वाचनका बेला जनताको अधिकार वडा तहमा ल्याउने बाधा अनुसार पोखरा महानगरका वडा कार्यालयहरुले सिंहदबारको झल्को दिने गरि निर्माण गरिएको छ । पोखरा महानगरका वडा नम्वर २, ७, ३० का नयाँ कार्यालयहरु नयाँ बनेर व्यवस्थित रुपमा सेवा प्रवाह सुरुवात गरेका छन ।

पोखरा महानगरपालिककाका प्रमुख मान बहादुर जिसीले जनताको सेवालाई प्रथामिकता दिदै सेकेण्डमा सुनाई र मिनेटमा काम सक्न सवैमा अनुरोध गरेका छन्। पोखरा वडा नम्वर ३० को वडा कार्यालयको बुधबार उद्घाटन भएको छ ।महानगरपालिका स्थापनासगै सवै वडाको आफनै ब्यवस्थीत भवन बनाउने कार्ययोजना अन्तरत पोखरा ३० को खुदीमा बनेको प्रशासनीक भवनको बुधबार उद्घाटन गर्दै प्रमुख जिसीले जनप्रतिनिधी र कर्मचारीहरु जनताको काम प्रति उत्तरदायी भएर हुने कामलाई नहुने भन्दै दुःख नदिन आग्रह गरेका हुन् ।

 

करिव दुई करोड १३ लाखको लागतमा बनेको भवन भौतिक वस्तु मात्र हो तर यसवाट प्रदान गरिने सेवाहरु प्रविधिमैत्री र सेवालाई ब्यवस्थीत गर्न सकेमात्र हामीले कल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल बन्न सक्छ उहाँको भनाई रहेको थियो ।सोही अवसरमा उप प्रमुख मञ्जु देवि गुरुङले वडा कार्यालय भवन जन्म देखि मृत्यु परेन्तसम्म जनताले धाई रहने स्थान भएकाले यसलाई कसरी ब्यवस्थीत बनाउन सकिन्छ भन्ने बारेमा महानगर चिन्तनसिल भएकाले जनताको घर आगनको सरकार भने कै वडाबाट प्रदान गरिने सेवा हो उहाँको भनाई थियो ।

 

कार्यक्रममा शहरी योजना आयोगका प्रमुख डा.रामचन्द्र लामिछानेले जनतामा विकासको प्रत्याभुती हुने खालका योजना ल्याउनका लागि भौतिक पुर्वाधार पनि एक महत्वपुर्ण पक्ष भएकाले यहाँबाट प्रदान गरिने सेवाहरु जनउत्तरदायी हुनु पर्ने सुझाव राख्नु भएको थियो ।महानगरपालिका स्थापना हुदा १७ वटा वडाकार्यालय भाडामा वस्दै आएकोमा अहिले त्यसलाई घटाउदै जाने क्रममा महानगरका नौ वटा वडाहरु नयाँ बनेका छन् ।नयाँ बन्ने वडाहरुमा २,७,११,१२,१९,२२,२९,३० र ३२ नम्वरमा वडाकार्यालय भवन बनिसकेका छन् भने निर्माणधिन अवस्थामा वडा नं ६,८,१८ र ३१ रहेका छन् भने केही वडाकार्यालयहरु मर्मत गरेर काम चलाईएको छ ।

 

पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सोमलाल कडेलले गरेका थिए भने कार्यक्रम संचालन वडा सचिव दुर्गा न्यौपाले गरेकी थिईन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...