२४ सय कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४०१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

११६०३ पीसीआर परीक्षण गर्दा १८५१ र ४७५३ एन्टीजेन परीक्षण गर्दा ५५० जना संक्रमित थपिएका हुन् ।आज कोभिड संक्रमणले १४ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा आज १०१७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

७७७७ जना निको भएका छन् ।सक्रिय संक्रमित संख्या ३० हजार २४१ रहेको छ । एकैदिनमा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...