संघीयता र गणतन्त्रको जननी फागुन ७ को क्रान्ति : प्रदेश प्रमुख गुरुङ

पोखरा ।गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङ्गद्धारा राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा गण्डकी प्रदेशबासी ,स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । साथै उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्नु भएको छ ।

१०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ भन्दै प्रदेश प्रमुख गुरुङ्गलेसमृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२÷६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो भन्नु भयो। उहाँले प्रजातन्त्र कै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्नु भयो ।

प्रदेश प्रमुख गुरुङ्गले संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ भन्नु हुँदै संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता हो भन्नु भयो ।

उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...