एमालेलाई सिध्याउने पाँच दलिय गठबन्धनको दिवा सपना :उपाध्यक्ष ज्ञवाली

पोखरा, फागुन ८ गते । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले एमालेलाई समाप्त पार्ने उद्देश्यले पाँच दलिय गठबन्धन बनेको आरोप लगाउनु भएको छ । ‘कम्यूनिष्ट आन्दोलनलाई कमजोर बनाएर सिध्याउने उद्देश्यले गठबन्धन बनेको छ, यो गम्भिर विषय हो ।’ नेकपा एमाले केन्द्रीय स्कृल विभाग,स्थानीय विकास विभाग र निर्वाचन विभागको आयोजना तथा गण्डकी प्रदेश कमिटिको व्यवस्थापनमा पोखरामा आयोजितउपाध्यक्ष ज्ञवालीले देशी विदेशी शक्तिहरु नेपालमा कम्यूनिष्ट पार्टीको लोकप्रियता देखेर आत्तिएकाले कम्यूनिष्टलाई समाप्त गर्ने प्रयास भैरहेका छन् भन्नुभयो ।

काँग्रेसलाई नेता मानेर कम्यूनिष्ट सिध्याउन लागेका छन् उहाँले भन्नुभयो,‘एमालेलाई समाप्त पार्ने योजना सफल हुदैन् ।यो दिवा सपना मात्रै हो ।’ उहाँले एमालेले लिने नीति र विचारले पाँच दलिय मात्रै हैन दश दलिय गठबन्धले समेत केही गर्न नसक्ने दावी गर्नुभयो ।‘सुदृढ, व्यवस्थित र क्रान्तिकारी कम्यूनिष्ट पार्टी बनाउदै जनमैत्री नीति तथा सिद्धान्त अंगिकार गरे दश दलिय गठबन्धनले पनि एमालेलाई पराजित गर्न सक्नदैन् । तर हामी कसरी चल्छौ त्यसले प्रभाव पार्छ ।’

 

 

उपाध्यक्ष ज्ञवालीले अहिलेको समस्या समाधानको प्रमुख आधार निर्वाचन भएको बताउनुभयो । निर्वाचनले अहिले समस्या समाधान हुने दावी उहाँको थियो ।कार्यक्रम क्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले प्रचण्डको अवसरबादी, अस्थिरता र सांगठनिक अराजकताका कारण पार्टी एकता कायम हुन नसकेको आरोप लगाउनुभयो । उहाँले एमाले माओबादी एकता सहि रहेको बताउदै प्रचण्ड इमान्दार भएको भए एकिकरणले सार्थक पाउने थियो । उहाँले एमाले नेकपाको निरन्तरता भएको बताउनुभयो । एकताको निरन्तरता हो उहाँले भन्नुभयो, काम र व्यवहारमा त्यसलाई पुष्टि गर्नुपर्छ । माथि टाउको जोडेर हुदैन तल्लो तहबाटै हुनुपर्छ ।

 

एमाले सचिव पद्यमा अर्यालले एमाले नेतृत्वको सरकारले समाजबादका निर्माणका लागि धेरै आधार तयार पारेको दावी गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य, आर्थिक व्यवस्था, सामाजिक सुरक्षा, उद्योग, व्यवसाय र रोजगार, कृषि तथा पशुजन्य उत्पादन, बैदेशीक सम्वन्ध, राष्टियता र भौतिक पूर्वाधार क्ष्ोत्रमा योजनबद्ध काम गरेर समाबादका आधार तयार गरेको बताउनुभयो ।एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन रेग्मी र सचिव धनन्जय डवाडीले बोल्नुभएको थियो । नेकपा एमालेले सातै प्रदेशमा प्रदेशस्तरीय निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम आयोना गरेको छ । प्रशिक्षण सोमबार सम्म चल्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...