प्रचण्डको अवसरबादी र अस्थिरताले पार्टी एकता टिक्न सकेन्ः प्रदिप ज्ञवाली

पोखरा, फागुन ९ गते ।नेकपा (एमाले) उपमहासचिव प्रदिप ज्ञवालीले प्रचण्डको अवसरबादी, अस्थिरता र सांगठनिक अराजकताका कारण पार्टी एकता टिकाउन नसकिएको दावी गर्नुभएको छ । ‘अवसरबादी, अस्थिरता र अराजक हुन प्रचण्ड ।’

नेकपा एमाले निर्वाचन, पार्टी स्कुल र स्थानिय विकास विभागले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डको अवसरबादी स्वभावका कारण एकता बचाउन नसिकएको बताउनुभयो ।‘एमाले माओबादी एकता सहि रहेको बताउदै प्रचण्ड इमान्दार भएको भए एकिकरणले सार्थक पाउने थियो ।’

 

उहाँले एमाले नेकपाको निरन्तरता भएको बताउनुभयो । ‘नेकपाको निरन्तरता एमाले हो काम र व्यवहारमा त्यसलाई पुष्टि गर्नुपर्छ । माथि टाउको जोडेर हुदैन तल्लो तहबाटै हुनुपर्छ ।’ उहाँले पार्टी एकतापछि बसेका हरेक बैठकमा किचलो हुने गरेको बताउदै भन्नुभयो,‘१०६ वटा बैठक मध्य ३० बैठकपछि माइन्जूटमा पुरै खाली छ । झगडा बाहेक केही थिएन ।’

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...