पोखरा, फागुन १० गते । नेकपा (एमाले)केन्द्रीय सदस्य एंव पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले संविधानमा महिलाका धेरै अधिकार स्थापित भएको बताउनु भएको छ । अखिल नेपाल महिला संघ वडा कमिटी ७ को नवौ अविधेशनको उद्घाटन गदै अधिकार प्राप्तिका आन्दोलनमा नेपाली महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै नेपालको संविधानमा महिलाका धेरै अधिकार स्थापित भएको बताउनुभयो ।
उहाँले संविधानले दिएका अधिकारलाई कार्यान्वयन गदै थप उपलब्धि प्राप्तिका लागि सघर्षरत रहनुपर्नेमा जोडद दिनुभयो । उहाँले अनेमसंघ नेपाली महिला आन्दोलनको अगुवा सगठन भएको बताउदै सबै दिदीबहिनीहरुलाई सगठित गदै अगाडी बढनुपर्नेमा जोड दिनुभयो । अनेमसंघ केन्द्रीय सदस्य समेत रहनुभएकी गुरुङले महिलाहरु सधै आरक्षणमा बस्न नहुने भन्दै प्रतिपर्धामा समेत उत्कृष्ट सावित गर्नुपर्ने बताउनुभयो । ‘महिलाहरु कोटामा मात्रै बस्ने हैन सबल र सक्षम बन्दै खुल्ला प्रतिस्पर्धाबाट नेतृत्वमा आउनुपर्छ ।’ उहाँले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँसम्म महिला हिंसा अन्त्य हुन नसक्ने बताउदै महिला दिदीबहिनीहरुले आफना अधिकारका बारेमा सचेत हुुपर्नेमा समेत बताउनुभयो ।
अनेमसंघ कास्कीका संयोजक शुशिला पराजुलीले अनेमसंघ महिला आन्दोलनको अगुवा सगठन भएको बताउदै यसैको नेतृत्वमा धेरै अधिकार प्राप्त भएको बताउनुभयो । नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले अनेमसंघ समाज परिर्वतन, महिला मुक्तीे आन्दोलनको अगुवा र इतिहास बोकेको संगठन भएको बताउनुभयो । टिकादेवी अधिकारीको अध्यक्षतामा उदघाटन कार्यक्रममा अनेमसंघ महानगरपािलका कमिटी संयोजक राजकुमारी भुलेल, एमाले वडा कमिटी ७ का अध्यक्ष किशोर बराल, अनेमसंघ वडा कमिटि कोषाध्यक्ष शावित्री पहारी बराल लगायतले बोल्नु भएको थियो ।
त्यस्तै अधिवेशनले अध्यक्ष पिङला भट्टको अध्यक्षतामा ४५ सदस्यीय अनेमसंघ वडा कमिटी चयन गरेको छ । त्यस्तै कमिटीको उपाध्यक्षमा माया पोख्रेल,सचिवमा निर्मला अर्याल बराल, कोषाध्यक्षमा सावित्री बराल चयन हुनुभएको छ ।