पोखरा, फागुन २१ गते ।विनोद नेपालीले ह्याट्रिक गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिगमा पहिलो जित दर्ता गर्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ । अर्को खेलमा सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्दै दुई अंक जोडेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदान शनिबार भएको वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिपमा दोस्रो खेल खेल्ने क्रममा माछापुच्छ«ेले पहिलो जित दर्ता गरेको हो । टस जितेर व्याटिङ गरेको माछापुच्छ«े क्रिकेट क्लबले मनोज कोइरालाको ४७ रनको पारीमा सात विकेटको क्षतिमा १२७ रनको योगफल तयार पार्यो । उनले ३४ बल खेल्दै १० चौकासहित अर्धशतक नजिक पुगेपनि पुरा गर्न भने सकेनन् । प्रविन ढकालले भने २६ बलमा २० रन जोडे । बलिङ तर्फ भने नितेश गिरीले चार ओभरमा १६ रन खर्चिएर २ विकेट लिदाँ विष्णुप्रसाद शर्माले ३ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिए ।
१२८ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लब भने ९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा अलआउट हुन पुग्यो । विश्वास पराजुलीले २५ बलमा २२ रन बनाई आउट भए । त्यस्तै सोहेल कुँवर भने ३६ बलमा २५ रन बनाई पभेलियन फर्किए । बलिङ तर्फ विनोद नेपालीले ११ औं ओभरमा ह्याट्रिक लिए । उनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिदाँ सुवास बास्तोलाले २.२ ओभरमा १ मेडन राख्दै ९ रन दिएर २ विकेट लिए । खेलमा मनोज कोइराला प्लेयर अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई १२ रनले पराजित गरेको छ । सांग्रिलाको यो पहिलो जित हो । टस जितेर व्याटिङ सांग्रिला क्रिकेट क्लबका सुदिप पौडेलको ३८ रनको योगदानमा १०१ रन चुनौति प्रस्तुत गरेको थियो । पौडेलले ३८ रन बनाउन ३० बल खर्चिए । ५ चौका हिर्काए । त्यस्तै राजु खनालले १७ बल खेल्दै १२ रन बनाए । कप्तान विपिन खत्री भने सस्तैमा आउट भए । अरण्यज्योतिका प्रदीप पौडेलले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिए । अभिषेक भुजेल, विधान श्रेष्ठ र दिवस गिरीको नाममा एक÷एक विकेट लेखियो ।
अरण्यज्योतिले १०२ रनको लक्ष्य पछ्याउने क्रममा ८९ रनमा अलआउट हुन पुग्यो । प्रविन पौडेलले ५० बल खेल्दै ४४ रनको योगदान दिएपनि जितसम्म डोहोर्याउन सकेनन् । एमडी खालिदले ३५ बलमा १७ रन मात्रै जोडे । अन्य व्याटरको योगदान खासै देखिएन् । प्लेयर अफ दि म्याच राजु तामाङले ४ ओभरमा १५ रन दिए ३ विकेट लिए । त्यस्तै सन्जय शर्माले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिदाँ कप्तान विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर २ विकेट आफनो नाममा लेखाए । प्रतियोगिताको चौथो हप्तामा आईपुगेको लिगलाई व्यवसायिक संस्था वाईनकिङ्गले मुख्य प्रायोजन गर्दै आएको छ ।