सुर्खेत । नेकपा (एमाले) दैलेखको सातौं जिल्ला अधिवेशनअन्तरगत नेतृत्वका लागि निर्वाचन हुने भएको छ । एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले सहमतिको प्रयास गरेपनि सहमति नजुटेपछि आज (बुधबार) निर्वाचन हुने भएको हो ।
झण्डै ६ सय प्रतिनिधि रहेको दैलेख एमालेको अध्यक्षमा सांसद रविन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको दाबी रहेको छ । यसअघि भएको सबै निर्वाचन प्रक्रिया खारेज भइसकेपछि उपाध्यक्षमा एनके बस्नेतको सट्टामा प्रमेख बुढा वा टोपबहादुर बुढाकाे नाम आएकाे छ । अन्य पदमा पनि आज पुनः मनोनयन दर्ता गर्नुपर्ने देखिएको छ ।
नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बा पनि दैलेख पुगेका छन् भने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल समेत दैलेखमा रहेका छन् । आज मतदान गर्ने र आजै सांझ मत गणना हुने निर्वाचन आयोगले जनाएको छ ।