एमाले पोखरा ५ ले गर्यो बृहत जनजागरण कार्यक्रम तथा र्याली

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा कमिटी ५ ले सोमबार बृहत जनजागरण कार्यक्रम तथा र्याली आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)पार्टी केन्द्रीय सचिवालयको ४६औ बैठक को निर्णय एवं कास्की जिल्ला कमिटिको चैत्र ९ गते को विस्तारित बैठकको निर्देशन अनुरुप एमाले पोखरा ५ ले जागरण कार्यक्रम तथा र्याली आयोजना गरेको हो ।

 

जनजागरण कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै एमाले वडा कमिटी ५ का अध्यक्ष लक्ष्मण बरालले जरादेखि उखालेर फालिएको राजतन्त्र फेरि आउने कुरा मकाएर फालेको लुगा जस्तै रहेको बताए । ‘अहिले कथा कथित आफुले आफैलाइ स्वघोषित राजा भजाउन लाएर देश बनाउँछु भन्नु हास्यास्पद कुरा हो, एउटा जनताको छोरालाई अर्को गरिव किसानको छोरोले प्रजातन्त्रको सुन्दर पक्ष र परिपाटी अवलम्बन गर्दै शासन गर्ने र गराउने पद्दतिलाई छोडेेर बंशका आधारमा शासन गर्ने पद्धति अब सहिय हुँदैन ।’ – बरालले भने । साथै जनतालाई राज्य सञ्चालनको विषयमा बुझाउन पनि वडा वडामा जनजागरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको जोड थियो ।

 

त्यस्तै कार्यक्रममा एमालेका प्रदेश कमिटी सचिवालय धनबहादुर नेपाली, जिल्ला कमिटी सदस्य उज्वल खत्री, महानगर कमिटी उपसचिव हरिमाया विश्वकर्मा, वडा कमिटीका पूर्व अध्यक्ष विष्णुप्रसाद वराल लगाएतका वक्ताहरुले आफ्ना भनाइहरु राखेका थिए ।

एमाले वडा कमिटी ५ का उपाध्यक्ष पानप्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव वसन्तराज गौतमले गरेका थिए ।

 

वडा सदनको हलमा उद्घाटन भएको उक्त जागरण अभियान कार्यक्रमबाट र्यालिमा परिणत भइ वडा ५ को विभिन्न चोकलाई परिक्रमा गर्दै समताचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...