पोखरा । आगामी स्थानियतहको निर्वाचनमा सत्तारुढ दलहरुविच तालमेल गर्ने सहमती भएसंगै गण्डकीप्रदेशमा पनियसको तयारी गरिएको छ ।
शुक्रबार नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको ५ दलका प्रदेश तथा जिल्लातहका नेताहरुको बैठकले आसन्न स्थानियत हनिर्वाचनमा मिलेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माका जानकरी दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माको अध्यक्षतामा सम्पन्न भएको प्रदेश र जिल्लास्तरका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले स्थानिय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्दै गठबन्धनका दलहरुविच सोहार्दपूर्ण वातावरण तयार गरि कार्ययोजना र कार्यदिशादिने निर्णय गरेको छ ।
यस्तै गठबन्धनका गण्डकी प्रदेशभित्र दलहरुले आ–आफ्नो संगठनको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरण मातहतका संगठनबाट संकलनगरि विस्तृत विवरण आगामी बैठकमा पेश गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।
गठबन्धनको आगामी बैठक आगामी चैत २२ गते पुनअर्को बैठक बस्ने जनाइएको छ ।बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपामा ओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष् ागायत्री गुरुङ (कुशुम), नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोती प्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतका गण्डकी प्रदेशस्तरका शिर्ष नेताहरुको उपस्थिती रहेको थियो ।