आकांक्षी धेरै भएपछि एमालेलाई कास्कीमा उम्मेदवार चयनमा सकस

पोखरा, चैत २७ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कास्कीले आइतबार उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको छ । कास्कीका ७२ वटै वडामा एकैदिन उम्मेदवार छनोटको कार्यतालिका बनाएको थियो । तर कास्कीका धेरै वडामा वडा अध्यक्ष र सदस्यहरुका आकाक्षी धेरै भएपछि केही वडा बाहेक अन्यमा सर्वसम्म चयन हुन सकेन् ।

अहिले सम्म पोखरा १८ मा पुष्कल थापा अध्यक्षको उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।त्यस्तै पोखरा १३ मा पनि सर्वसम्मत अध्यक्ष लगायत सदस्य चयन भएका छन् । १३ को अध्यक्षमा बसन्त वराल, सदस्यमा कृष्ण कुमारी गुरुङ (खुल्ला महिला सदस्य), कमला ब.।क.( दलित महिला सदस्य) निल कण्ठ सिग्देल खुल्ला सदस्य र अमजत अलिमिया खुल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै पोखरा २७ मा सुर्यमणी लामिछाने अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन भए ।

 

त्यस्त बुद्दिमाया थापा मगर खुल्ला महिला सदस्य, उमा परियार दलित महिला सदस्य, प्रकाश देवकोटा खुल्ला सदस्य र तारानाथ दवाडी खुल्ला सदस्यको उम्मेदवार चयन भएका छन् । यता पोखरा २ को अध्यक्षमा दिपक शाह सर्वसम्मत चयन भएका छन । धेरै वडामा दिनभरीको सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि स्थगित भएको छ । सोमबार फेरी सर्वसम्मतको प्रयास गर्ने नभए निर्वाचन मार्फत छिनोफानो गर्ने गरी स्थगित भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...