सर्वसम्मत टुङ्गयाएपछि घरदैलोमा एमालेका उमेदवारहरु

लेखनाथ÷चैत ३० गते ।सर्वसम्मत उम्मेदवार सिफारिस भएपछि पोखरा महानगरपालिका वडा नंं २७ मा नेकपा एमालेले घरदैलो अभियानलाई तिव्रता दिएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवारमा सुर्यमणि लामिछानेको नेतृत्वमा सर्वसम्मत जुटेको हो ।

खुल्ला वडा सदस्यमा तारानाथ दवाडी, प्रकाश देवकोटा, महिला खुल्ला सदस्यमा बुद्धिमाया थापा मगर र दलित सदस्यमा उमा परियारको नाउँमा सहमति जुटेर वडाले महानगरलाई उमेदवार सिफारिस गरेपछि एमाले पोखरा २७ ले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको हो ।

 

प्रत्यासी उम्मेदवार सहित एमालेका कार्यकर्ताहरुले वडा नं. २७ का विभिन्न स्थानको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । अहिलेसम्म उनिहरुले चुनावी अभियानका रुपमा छत्रेढुंगा मरेखरे, पण्डित थर, कुमालगाउँ एकता टोलमा घरदैलो सम्पन्न गरिसकेको अध्यक्षका प्रत्यासी सुर्यमणि लामिछानेले जानकारी दिए ।

 

अघिल्लो स्थानीय तहको निर्वाचमा विजय हासिल गरेर पनि काग्रेसले गर्न नसकेका कामहरुलाई एमालेको टोलीले चुनावी एजेण्डा बनाएको छ ।
नेपाली काग्रेसले पनि घरदैलो अभियानलाई तिव्रता दिएको छ । काग्रेसले वडामा अध्यक्षका रुपमा पुरानै अनुहारलाई दोहोर्एको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...