रुपा गाँउपालिका अध्यक्ष ओझाले फिर्ता गरेर सरकारी गाडी

पोखरा, चैत ३० गते । कास्कीको रुपा गाँउपालिका अध्यक्ष नवराज ओझाले सरकारी सुविधा त्यागेका छन् । एमाले रुपा गाँउकमिटिले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अध्यक्ष ओझा र उपाध्यक्ष लालसुब्बा गुरुंगलाई सर्वसम्मत सिफारिस गरेको छ ।

मंगलबार बसेको एमाले पालिका कमिटि बैठकले अहिलेका अध्यक्ष र उपाध्यक्ष दुवैलाई पून दोहोर्याउने निर्णय गर्दै जिल्ला कमिटिमा नाम सिफारिस गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा एमालेबाट जितेका जनप्रतिनिधिहरुको कामले पालिकाहरु उत्कृष्ट बनेको छ । ओझाले नयाँ वर्षको सुरुवातको केही घण्टा अघिनै सरकारी सुविधा त्याग गदै निर्वाचनमा होमिएका छन् ।

 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले रुपा गाउँपालिकाका जनताले लगाएको जिम्मेवारी ईमानदारी पुर्वक पुरा गर्दै रुपालाई समुन्नत रुपा वनाउन हरदम लागि परेको बताएका छन् । उनले बैशाख ३० गतेको चुनाबमा फेरि रुपाली जनताको चाहना अनुसार बाँकी काम पुरा गर्ने,जनताको सपना पुरा गर्न सर्वसम्मत रुपमा नेकपा एमालेको तर्फवाट सुर्य चिन्हमा उठ्ने जानकारी गराउदै आजवाट स्वच्छ निर्वाचनको मर्म र भावनालाइ कदर गर्दै सरकारी गाडी प्रयोग नगर्ने अठोट गरि गाडीको चावी प्रमुख प्रशासकीय अधिकृत समक्ष हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु भनेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...