काँग्रेसबाट पोखराको मेयरमा १८ र उपमेयरमा १० जनाको उम्मेदवारी

पोखरा, बैशाख ४ गते । पोखरा महानगरपालिकाको मेयर र उपमेयर छनोटका लागि कास्कीका प्रमख राजनीतिक दललाई सकस परेको छ । कास्कीका दुई ठुला दल नेकपा एमाले र नेपाली काँग्रेसमा आकांक्षी धेरै देखिएका छन् । आकाक्षी धेरै भएपछि उम्मेदवार छनोटमा सकस देखिएको छ ।

नेकपा एमालेले मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम सिफारिस गरेको छ । एमाले महानगर कमिटिले उपल्लो कमिटिमा आकाक्षी सवैको नाम सिफारिस गरेको छ । त्यस्तै अर्को दल नेपाली काँगे्रसमा पनि आकाक्षीको लर्को लागेको छ । काँग्रेसले मेयर र उपमेयरमा आइतबार आकाक्षा ब्यक्त गर्न आग्रह गरेको थियो । मेयरमा १८ र उपमेयरमा १० जनाले आकाक्षा ब्यक्त गदै उम्मेदवारी दिएका छन् । अपेक्षा भन्दा धेरै उम्मेदवारी परेपछि काँग्रेसमा पनि उम्मेदवार चयनमा समस्या देखिएको छ ।

 

काँग्रेसबाट मेयरमा आकाक्षा ब्यक्त गर्नेहरुमा सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल,निर्मल प्रसाद कर्मचार्य, कृष्ण बहनदुर के सि, बाबुराम आचार्य, सरास्वती गुरुङ्, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे,विश्व शंकर पालिखे, किशोरदत्त बराल, बिन्दु कुमार थापा, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण के.सी.। विश्व घिमिरे, ऋषि सापकोटा रहेका छन् । त्यस्तै उपमेयरमा माया बराल कार्की क्षेत्री , लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य,आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ् शिव केसी र गोविन्द नेपालीले आकाक्षा ब्यक्त गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...