लेखनाथ, बैशाख ६ गते ।वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि पाटीले उमेदवार तय गरीसकेका ठाउमा पाटीहरुले चुनाव प्रचार प्रसारको अभियानलाई तिव्र पारेका छन् ।

यसैविच कास्कीको पुर्वी भेकको रुपा गाउपालिकामा नेकपा एमालेले अध्यक्षमा नवराज ओझ र उप प्रमुखमा लाल सुब्वालाई दोहो¥याउने निर्णयसगै कही वडामा पनि सर्वसम्वत रुपमा वडाअध्यक्ष सहित सदस्य पदका उमेदवार चयन गरिसकेका ठाउमा घरदैलोको अभियान संचालन गरिएको छ ।
रुप गाउपालिकामा रहेका सात वटा वडाहरु मध्यको रुपा २ मा चुनावी प्रचार प्रसारको अभियान तिव्रताका साथ अगाडी वढाईएको वडाअध्यक्षका उमेदवार राजन सुवेदीले जानकारी दिएका छन् । कुल एक हजार दुई सय ३८ मतदाता रहेको रुपा गाउपालिका वडा नं २ का लागि नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा राजन सुवेदी र सदस्यहरुमा अनिता राना,रामवावु सुवेदी,हिता रुपाखेती र रामचन्द्र ओझालाई सर्वसम्वत रुपमा चयन गरेको छ ।
चुनावी प्रचार प्रसारकै अभियान अन्तरगत मंगलवार रुपा २ को थुम्की र सिर्कुतान क्षेत्रमा उमेदवार सहित नेकपा एमाले रुपा २ का अध्यक्ष धनपति ओझा,जनप्रतिनिधी बद्रिनाथ ओझा र सामाजिक अभियान्ता कमल कृष्ण ओझा लगाएतको टिमले घर दैलो सहित प्रचार प्रसारलाई तिव्र पारेको छ ।रुपा २ मा यस भन्दा अगाडी वडाअध्यक्षमा काग्रेस र सदस्यहरुमा नेकपा एमालेले जितेको थियो ।