महिलाहरु आर्थिक रुपमा सक्षम हुनुपर्छ : उपप्रमुख गुरुङ

पोखरा, बैशाख ९ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जीवन सिकाई भएको बताउदै जन्मेदेखि मृत्युसम्म सिक्ने क्रम जारी रहने बताउनुभएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत पोखरा १४ को सगरमाथा मार्ग आमा समुहले आयोजना गरेको कानूनी सचेतना, महिला शसक्तिकरण तथा उद्घोषण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उहाँले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गदै घर, परिवार र सामाजलाई सुसुचित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिलालाई आत्मनिर्भर, आर्थिक रुपमा सबल र सक्षम बनाउदै शसक्तिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई आर्थिक, कानुनी रुपमा शसक्तिकरण गर्न उपप्रमुखसग महिला कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिलाहरुलाई कानूनी अधिकार बारे ज्ञान नहुदाँ समस्यामा पर्ने गरेको बताउदै कानूनी ज्ञान बारे सचेत गराउन कानूनी सचेता कार्यक्रम समावेश गरिएको बताउनुभयो ।उहाँले कानूनले व्यवस्था गरेका अधिकार बारे ज्ञान नहुदाँ झन्झटमा पस्ने गरेको बताउनुभयो ।

 

कानूनको अज्ञानता क्षम्य नहुने बताउदै उहाँले भन्नुभयो, कानूनी व्यवस्था बारे महिलाहरु जानकार हुनुपर्छ उहाँले भन्नुभयो, ‘धेरै जना महिला कानूनी ज्ञानबारे जानकार नहुदाँ मुद्धा मार्मिलाको झन्झटमा पर्ने गरेका छन् । त्यसैले पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कानूनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।’ उहाँले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नहुदाँ सम्म पछाडी पर्ने बताउदै आर्यआर्जनसंग जोडिएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउदै उद्यमशील बनाउन उपप्रमुखसंग महिला कार्यक्रम मार्फत सस्तो ब्याजदरमा ऋण प्रवाह गदै आएको समेत बताउुनुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कानुन विभाग प्रमुख सरिता तिमिल्सिना पंगेनीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रम सगरमाथा मार्ग आमा समुहका अध्यक्ष जुना नराल क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...